राजनीति

वीपीको १०८ औं जन्म जयन्ती आज


काठमाडौँ – नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको १०८औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज मनाइँदैछ । वीपी जयन्तीका अवसरमा कांग्रेस, भातृ एवं शुभेच्छुक संस्था र सुन्दरीजलस्थित वीपी संग्रहालयले विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।

कांग्रेसले १४ महाधिवेशनसँगै वीपी जयन्ती मनाउने भएको छ । यस अवसरमा वीपी संग्रहालयले कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माको प्रमुख आतिथ्यतामा विशेष कार्यक्रम आयोजना गरेको छ । कोरोनाका कारण भौतिक दूरी कायम गरी मास्क लगाएर वा जुम प्रविधिका माध्यमबाट कार्यक्रम गर्न कांग्रेसले आह्वान गरेको छ ।