राजनीति

राजधानीको सुरक्षा व्यवस्था कडा


काठमाडौँ – अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमार नेपाल आउने भएसँगै राजधानीको सुरक्षा व्यवस्था कडा पारिएको छ । काठमाडौँको चोक चोकमा प्रहरी तैनाथ गरिएको छ ।

एमसीसीको विरोधमा प्रदर्शन हुन सक्ने भन्दै थापाथली, नयाँबानेश्वर, पुतलीसडक, माइतीघर, महाराजगञ्ज लगायतका स्थानमा सशस्त्र प्रहरी गणको टोली परिचालित भएका छन् । एमसीसीको विरोध गरेकोमा बुधबारमात्रै एक दर्जन बढी प्रदर्शनकारीलाई पक्राउ गरेको थियो ।

अमेरिकी अनुदान सहयोग सम्बन्धी सम्झौता एमसीसीको विरोधमा केही दिनयता काठमाडौं उपत्यकामा दिनहुँजसो प्रदर्शन हुँदै आएको छ ।