राजनीति

राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीद्वारा तीजको शुभकामना


काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवालगायतले तीजको अवसरमा शुभकामना दिनुभएको छ । राष्ट्रपति भण्डारीले तीजले समाज र राष्ट्रलाई समेत भावनात्मक एकताको सुत्रमा आबद्ध गर्न मद्दत पु¥याउने विश्वास व्यक्त गर्नुभएको छ ।

राष्ट्रपतिले तीजले समाजमा विद्यमान महिलाविरुद्ध हुने सबै प्रकारका विभेद र असमानताको अन्त्य गर्दै सभ्य, समतामूलक एवं प्रगतिशील समाजको निर्माण गर्न सबैलाई प्रेरणा प्रदान गरोस् भनी कामना गर्नुभएको छ । उपराषट्रपति पुनले परम्परागत मूल्य मान्यतासहित आफ्नो स्वाथ्यको पूर्ण ख्याल गरी तीज मनाउन आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले तीजले सामाजिक सद्भाव, सहिष्णुता र मेलमिलाप बढाई समुन्नत समाजको निर्माणमा उत्प्रेरित गरोस् भन्ने शुभकामना दिनुभएको छ । स्वास्थ्य मापदण्ड पालना गरेर तीजको मौलिकता र सांस्कृतिक महत्वको जगेर्ना गर्दै मनाउन प्रधानमन्त्रीले सबैमा अनुरोध गर्नुभएको छ ।