राजनीति

एमसीसीका दुई उपाध्यक्ष आज काठमाडौं आउँदै


काठमाडौँ – एमसीसी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स नेपालको चारदिने भ्रमणमा आज काठमाडौं आउँदै छन् । संसद्को चालु अधिवेशनबाट एमसीसी पारित गराउने चर्चा चलिरहेको बेला एमसीसीका दुई उपाध्यक्ष आज विहान ९ बजेर १० मिनेटमा कतार एयरको विमानबाट नेपाल आउन लागेका हुन् ।

उनीहरूले प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न दलका शीर्ष नेताहरूसँग भेटवार्ता गर्ने तय गरिएको छ । नेपाल भ्रमणमा आउनुअघि सुमारले एमसीसीबारे नेपाली जनस्तरमा उठेको प्रश्नसहित सरकारले पठाएको पत्रको जवाफ पठाएकी छिन् । उनले नेपालस्थित अमेरिकी दूतावासमार्फत जवाफ पठाएकी हुन् ।