बिजनेस

बीमाबापतको रकम नपाएको भन्दै उच्च अदालत विराटनगरमा रिट दायर


काठमाडौँ – सम्झौता अनुसार बीमा रकम भुक्तानी नगरेको भन्दै बीमितहरुले उच्च अदालत विराटनगरमा रिट निवेदन दायर गरेका छन् । नेपाल पत्रकार महासंघ मोरङ शाखाका सचिव नेत्र पी अधिकारीले उच्च अदालत विराटनगरमा रिट दायर गरेका हुन् । नेपाल पत्रकार महासंघ र अजोड इन्स्योरेन्स कम्पनीबीच द्वीपक्षीय सम्झौता भई मोरङका २०० जना बढी पत्रकार र परिवारका सदस्यहरुको बिमा गरेका थिए ।

त्यसमध्ये ५१ जना बिमितहरुमा कोरोना संक्रमण भएकोमा २० जनाले मात्र बीमावापतको भुक्तानी पाएका थिए । बाँकी ३१ जनाले बिमा दाबी भुक्तानी नपाएको र भुक्तानी दाबी माग गरेको १० महिना बितिसक्दा पनि कम्पनीले भुक्तानी दिनुको साटो भुक्तानी दिन नसक्ने व्यहोरेको पत्र पठाएको थियो ।

निवेदनमा जिम्मेवार पक्षले रकम निकासा, आदेश, निर्देशन वा भुक्तानीसमेत जे जे गर्नुपर्ने हो गर्नेगरी दाबी रकम भुक्तानी दिनु भनि विपक्षीको नाममा परमादेश लगायतको आदेश जारी गर्न माग गरिएको छ ।