प्रवास

डब्ल्यूएचओको दक्षिण–पूर्वी एसिया क्षेत्रको ७४ औं क्षेत्रीय बैठक सुरु


काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को दक्षिण–पूर्वी एसिया क्षेत्रको ७४ औं क्षेत्रीय बैठक सोमबारबाट सुरु भएको छ । बैठकमा विश्वका प्रमुख स्वास्थ्य नेतृत्वकर्ताले विश्वव्यापी स्वास्थ्य सेवा प्रदान तथा जोखिम सामना गर्न सक्ने स्वास्थ्य प्रणालीको लागि थप प्रतिबद्धता आवश्यक रहेकोमा जोड दिएका छन् ।

उनीहरुले यो क्षेत्रका मानिसहरुलाई आवश्यक पर्ने खोप, औषधि, उपकरण र प्रविधिको उपलब्ध गराउनुपर्नेमा जोड दिएका छन् । भर्चुअलमाध्यमबाट शुरु भएको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य सेवा विकट क्षेत्रमा रहेका मानिसहरुसम्म पुग्नु सबैको प्राथमिकता हुनुपर्ने बताउनुभयो ।

पाँच दिने भर्चुअल सम्मेलनमा यो क्षेत्रका स्वाथ्यमन्त्रीहरु र वरिष्ठ स्वास्थ्य अधिकारी, अन्य नियोगका, साझेदार र नागरिक समाजका प्रतिनिधि सहभागी हुनेछन् ।