समाचार

अर्थमन्त्री शर्मार गभर्नरबीच फोनवार्ता, परिस्थितिलाई सहज बनाउन आग्रह


काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले गभर्नर महाप्रसाद अधिकारीलाई शेयर बजारमा देखिएको परिस्थितिलाई समाधान गर्न भनेका छन् । सोमबार मन्त्री शर्माले अधिकारीलाई टेलिफोन मार्फत् पुँजी बजारमा देखिएको पछिल्लो परिस्थितिलाई सहज बनाउन आग्रह गरेका हुन् ।

टेलिफोन वार्तामा राष्ट्र बैंकद्वारा जारी मौद्रिक नीति र निर्देशिकापछि पुँजी बजारमा देखिएको स्थितिका सम्बन्धमा कुराकानी भएका अर्थमन्त्रीको सचिवालयले जनाएको छ । ‘उहाँले कहाँ के सुधार गर्नुपर्ने हो त्यो गरेर पुँजी बजारको समस्या समाधान गर्न गभर्नरलाई भन्नु भएको छ ,’ सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
जवाफमा गभर्नर अधिकारीले आवश्यक प्रक्रिया मिलाई परिस्थिति सहज बनाउन प्रयास गर्ने प्रतिवद्धता जनाएका छन् ।