राजनीति

नेविसंघको महामन्त्रीमा कपिलेश्वार यादव नियुक्त


काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको भातृ संगठन नेपाल विद्यार्थी संघको महामन्त्रीमा कपिलेश्वर यादवलाई नियुक्त गरेका छन् ।

तत्कालिन नेपाल लोकतान्त्रिक फोरम कांग्रेसमा समायोजन भएपछिको सहमति अनुसार नेविसंघमा सुनसरीका यादवलाई नियुक्त गरिएको नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।