प्रवास

फिलिपिन्सले नेपाल सहित १० वटा एशियाली मुलुकमाथि लगाएको यात्रा प्रतिबन्ध हटायो


काठमाडौँ – फिलिपिन्सले कोरोना महामारी नियन्त्रणका लागी भन्दै नेपाल सहित १० वटा एशियाली मुलुकलाई लगाउँदै आएको यात्रा प्रतिबन्ध हटाएको छ । फिलिपिन्सले नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, संयुक्त अरब इमिरेट्स (यूएई), ओमान, थाइल्याण्ड, मलेसिया र इन्डोनेसियामाथि प्रतिबन्ध लगाएको थियो ।

अब खोपका कारण भयावह अवस्था नरहने निश्कर्षसहित सेप्टेम्बर ६ देखि यात्रा प्रतिबन्ध हटाउने निर्णय गरिएको फिलिपिन्स सरकारले जनाएको छ । यद्यपि अन्तरराष्ट्रिय यात्रुहरूले प्रवेश, परीक्षण र क्वारेन्टिनसम्बन्धी नियम भने पालना गर्नुपर्ने जनाइएको छ ।