राजनीति

प्रदेश २ मा जसपाका थप तीन सांसद लोकतान्त्रिक समाजवादी पार्टीमा


काठमाडौँ – प्रदेश २ मा (जसपा) का थप तीन सांसदले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेका छन् । लोसपा रोज्नेमा अभिराम शर्मा, रानी कुमारी तिवारी र उपेन्द्र महतो छन् ।

आइतबार तीनैजना सांसदले जनकपुरधामस्थित निर्वाचन आयोगको प्रादेशिक कार्यालयमा पुगेर लोसपामा सनाखत गरेका हुन् । यी तीनजना सांसदले सनाखत गरेसँगै प्रदेश २ मा लोसपा सांसदको संख्या १५ पुगेको छ ।