राजनीति

बेदुराम भुसाललाई नेकपा (एकीकृत समाजवादी)मा महासचिव सरहको जिम्मेवारी


काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)ले स्थायी कमिटी सदस्य बेदुराम भुसाललाई महासचिव सरहको जिम्मेवारी दिएको छ । पार्टीले औपचारिक रूपमा महासचिवको जिम्मेवारी घोषणा नगरेपनि सो सरहको जिम्मेवारी भुसाललाई दिएको हो । पार्टीको दैनिक कार्य सम्पादन गर्नका नेता भुसालको संयोजकत्वमा सचिवालय गठन गरिएको छ ।

सचिवालयमा प्रमेश हमाल, राजेन्द्र पाण्डे, डा. गंगालाल तुलाधर, डा. बिजय पौडेल, जयन्ती राई र जीवनराम श्रेष्ठ रहेका छन् । यस्तै, केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी गंगालाल तुलाधरलाई दिइएको अध्यक्ष माधवकुमार नेपालले जारी गरेको अन्तरपार्टी निर्देशनमा उल्लेख गरिएको छ