समाज

नख्खु कारागारमा कैदीबीच झडप


काठमाडौँ – ललितपुरको नख्खु कारागारमा कैदीबीच झडप भएको छ । आइतबार दिउँसो कैदीबीचमै झडप भएको ललितपुर प्रहरी प्रवक्ता एसपी प्रज्वल महर्जनले बताउनुभयो । कारागारभित्र होटलको मूल्य बढाएको विषयमा सुरु भएको वादविवाद कुटाकुटमा परिणत भएको प्रहरी स्रोतले बतायो ।

झडपमा गम्भीर घाइते कोही पनि नभएको प्रहरीले जनाएको छ । अहिले कारागार प्रशासनले दुवै पक्षलाई राखेर छलफल गरिरहेको छ ।