देश

दुई प्रकारको लाईसेन्स वितरण सुरु


काठमाडौँ – कोरोनाका कारण बन्द भएको यातायात विभागले दुई प्रकारको सवारी चालक अनुमतिपत्र (लाईसेन्स) वितरण सुरु गरेको छ । यातायात व्यवस्था विभागले ट्रायल उत्तीर्ण गरेका र नवीकरणका गर्न आवेदन दिएकाका लागि परीक्षणकालीन लाईसेन्स वितरण सुरु गरेको हो ।

विभागले शुक्रबारबाट यो प्रावधान कार्यान्वयनमा ल्याएको विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिए । अहिलेका लागि परीक्षाकालीन लाईसेन्स वितरण कार्य काठमाडौँको एकान्तकुना र महोत्तरीको बर्दिबासबाट सुरु गरिएको छ । अब बिस्तारै यसप्रकारको सवारी चालक अनुमतिपत्र वितरण कार्य १९ वटै यातायात व्यवस्था कार्यालयबाट गर्ने तयारी भईरहेको उनले बताएका छन् ।