राजनीति

राष्ट्रपतिले गरिन् बुधबारका लागि संसद्‌ अधिवेशन आह्वान


काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को अधिवेशन आह्वान गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा यही भदौ २३ गतेका दिनमा अपराह्न ४ बजेका लागि प्रतिनिधिसभा र राष्ट्रियसभा  दुवै सदनको अधिवेशन आह्वान गरिएको हो ।