राजनीति

एमसीसीबारे सरकारको धारणा स्पष्ट पार्न ओलीको माग


काठमाडौँ –नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमसीसी सम्झौंताबारे सरकारको धारणा स्पष्ट पार्न प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग माग गर्नु भएको छ ।

अध्यक्ष ओलीले काँग्रेस र माओवादी केन्द्र मिलेर एमसीसी सम्झौंता गरेको उल्लेख गर्दै अहिले चुपचाप बसिरहेकोमा आपत्ति जनाउनु भयो । उहाँले एमसीसी झुक्यायर पास गर्ने प्रयास नगर्न पनि सरकारलाई सचेत गराउनु भयो । अध्यक्ष ओलीले एमसीसीबारे के गर्ने हो ? भनेर सरकार र सत्तारुढ गठबन्धनलाई पटक–पटक प्रश्न समेत गर्नु भयो ।

अध्यक्ष ओलीले आफू नेतृत्वको सरकारले शिलान्यास गरेर अगाडि बढाएको सडकहरुको ठेक्का रद्ध गर्ने काम गरेर वर्तमान सरकारले विकास विरोधी आफ्नो चरित्रलाई देखाएको आरोप समेत लगाउनु भयो ।

अध्यक्ष ओलीले माधव नेपालजस्तो लाजसरम पचेको मान्छे आफूले कहीँपनि नदेखेको टिप्पणी समेत गर्नु भयो ।