राजनीति

एकीकृत समाजवादीमा सामेल भए मुख्यमन्त्रीको पद कायमै रहने झाँक्रीको भनाई


काठमाडौँ – नेकपा एकिकृत समाजवादीका नेतृ रामकुमारी झाँक्रीले प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य र बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेकपा एकीकृत समाजवादीमा आए मुख्यमन्त्री पद कायमै रहने बताएकी छन् । दल रोज्ने समय २२ भदौसम्म रहेको र उक्त समयभित्र नेकपा (एस) मा आए दुवै जनाको मुख्यमन्त्री पद कायमै रहने बताएकी हुन् ।


नेतृ झाँक्रीले सरकार विस्तार गर्न अझै कुनै ढिलाइ नभएको बताए । यस्तै सरकार विस्तार प्रभावकारी बनाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई भनि सकिएको र नेकपा (एस)ले सरकार गठनमा कुनै अप्ठ्यारो नपारेको स्प्रष्ट पारेकी छन् ।