राजनीति

भिमसेनथापा गाउँपालिकाका उप-प्रमुखद्वारा काँग्रेस परित्याग


काठमाडौँ – गोरखाको भीमसेन थापा गाउँपालिकाका उप-प्रमुख विनु वाग्लेले नेपाली काँग्रेस पार्टी परित्याग गरेकी छिन् ।

नेपाली काँग्रेसको तर्फबाट गत स्थानीय निर्वाचनमा गोरखा जिल्ला भीमसेन थापा गाउँपालिकाबाट उप-प्रमुख बनेकी वाग्लेले नेपाली काँग्रेस पार्टी परित्याग गरेको घोषणा गरेकी हुन् । उनले लेखेकी छिन्स ‘आजबाट नेपाली काँग्रेस परित्याग गरी स्वतन्त्र भएको घोषणा गरेको छु ।’

नेपाली काँग्रेसको आसन्न १४ औँ महाधिवेशन नजिकिदै गर्दा आज देशैभर वडा पार्टी स्तरीय अधिवेशन भएको थियो । जस अनुरूप गोरखाको भीमसेन थापा गाउँपालिका-१ मसेलमा पनि बिहीबार वडा स्तरीय अधिवेशन भएको हो ।

विभिन्न विवाद बीच भएको अधिवेशन समाप्त भएको केही समय बित्न नपाउँदै उप-प्रमुख वाग्लेले सामाजिक सञ्जाल मार्फत पार्टी छाडेको घोषणा गरेकी हुन् । यद्यपि उनले पार्टी छाड्नुको कारण खुलाइएकी छैनन् ।