समाचार

६८ वर्षकी खड्कमायाको ७ लाख खाएर दम्पत्ती नै फरार (भिडियोसहित)


काठमाडौँ – रामेछापबाट काठमाडौँ आएकी ६८ वर्षीय वृद्ध खड्कमाया तामाङ अनवरत ३१ वर्ष भातको होटल चलाएर जोरपाटीमा ठूलो दुःखले ३ आनामा बनेको पुरानो घर किन्छन् ।

दुई छोरालाई पढाउने हुर्काउनबाहेक खड्कमायाको जीवनको अर्को कुनै उद्देश्य भएन । तर यी वृद्धा आमालाई अहिले सात लाख ऋणले पिरोलेको छ । ऋण खाने मान्छे बेपत्ता भएपछि घरमा जेठो छोराले रातोदिन करकर गर्छन् ।

लेनदेन नगर्दा व्यवहार रोकिने, गर्दा पैशा खाएर मान्छे बेपत्ता हुनेहरुका कारण धेरैको बिल्लिवाठ भएको छ । खड्कमायाको सात लाख रुपैयाँ चाहिँ दोलखाका लालमाया तामाङ र उनका पति ज्ञानबहादुर तामाङल लिएका छन् । पैशा लिएको तमसुक खड्कमायासँग सुरक्षित छ तर पैशा खानेहरु बेपत्ता छन् । थप जानकारीका लागि पूरा भिडियो हेर्नुहोस् ।