राजनीति

वामदेवले दिए एमालेबाट राजीनामा


काठमाडौँ – नेकपा (एमाले) का उपाध्यक्ष वामदेव गौतमले पार्टीबाट राजीनामा दिएका छन् । गौतमले आज कार्यालय सचिव शेरबहादुर तामाङलाई राजीनामापत्र बुझाएका हुन् ।

राजीनामा पत्रमा नेता गौतमले एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीको चर्को आलोचना गरेका छन् । उहाँले पार्टी अध्यक्ष केपी शर्मा ओलीको गलत विचार, प्रवृति र शैलीका कारण आफूले एमालेबाट राजीनामा दिएको बताए ।

एमाले छाडेर गौतम नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्ने चर्चा छ । गौतमले हिजो एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेट गरी पार्टीमा प्रवेश गर्न जनताको बहुदलीय जनवाद (जबज) लाई मार्गदर्शक सिद्धान्त मान्नुपर्ने, संघीयता परिमार्जन गर्नुपर्ने लगायतका चार शर्त राखेका थिए ।