राजनीति

नेता नेम्वाङ भन्छन्– ‘तँ र म’ को कुरा गरेर पार्टी विभाजनको औचित्य स्थापित गर्न सकिँदैन


काठमाडौँ – नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले पार्टी विभाजनको औचित्य पुष्टि गरेर देखाउन एकीकृत समाजवादी पार्टीको नेतृत्वलाई चुनौति दिनु भएको छ ।

पार्टी निकट प्रगतीशील तथा पेशागत कानून व्यवसायी संगठनले आज ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्द संविधानसभाका अध्यक्ष समेत रहनु भएका उपनेता नेम्वाङले माधव नेपालप्रति लक्षित गर्दै ‘खाली तँ र म’ को कुरा गरेर पार्टी विभाजनको औचित्य स्थापित गर्न नसकिने पनि स्पष्ट पार्नु भयो । विना विचारधारा, दर्शन र कार्यक्रमविना पाटी फुटाउन नपाउने संवैधानिक व्यवस्था रहेको उल्लेख गर्दै उहाँले त्यस विपति गएर माधव नेपालहरुले पार्टी फुटाएको आरोप समेत लगाउनु भयो ।

कार्यक्रममा बोल्दै नेकपा एमालेका नेता एवम् पूर्व कानुनमन्त्री अग्नीप्रसाद खरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपालले अध्यक्ष केपी ओलीमाथि हुँदै नभएको जघन्य आरोप लगाएर पार्टीलाई फुटाउने काम गरेको बताउनु भयो । नेता खरेलले दल फुटाउन अध्यादेश ल्याउने काम गरेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गर्नु भयो ।