देश

भोलिदेखि चन्द्रगिरीमा पुनः केबुलकार सञ्चालन, जिपलाइनको पनि सुरुवात


काठमाडौँ – भालेश्वर मन्दिर जानका लागि सञ्चालनमा रहेको चन्द्रागिरी केबलकार भोलि शनिबारदेखि पुनः सुरु गरिएको छ । कोरोना महामारीका कारण बन्द रहेको केबलकार भोलिदेखि स्वास्थ सुरक्षा मापदण्डका साथ नियमित रूपमा सञ्चालनमा आउने भएको हो ।

चन्द्रागिरि हिल्सका महाप्रबन्धक अभिषेकविक्रम शाहका अनुसार चन्द्रगिरीमा भोलीदेखि नै जिपलाइन पनि सुरु गर्न लागेको छ । पौराणिक महत्त्व बोकेको भालेश्वर मन्दिर दर्शन गर्न भारत लगायत अन्य देशबाट समेत पर्यटकहरू चन्द्रागिरि पुग्ने गरेका छन् । चन्द्रागिरि आन्तरिक तथा बाह्य पर्यटकका लागि महत्त्वपूर्ण गन्तव्य स्थल बनिसकेको छ ।