राजनीति

४१ जिल्लामा भयो वडा अधिवेशन


काठमाडौँ – सत्तारूढ नेपाली कांग्रेसले १४औँ महाधिवेशन आजबाट औपचारिक रुपमा सुरु भएको छ । महाधिवेशनको प्रक्रियाअन्तर्गत पहिलो दिन आज ४१ जिल्लामा वडा अधिवेशन भएको छ । कांग्रेसले तोकेको ५६ जिल्लामध्येको आज ४१ जिल्लामा वडा अधिवेशन भएको हो ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिकाअनुसार महाधिवेशन भएका ४१ जिल्लाका कति वडामा सर्वसम्मत भयो र कति वडामा चुनावी प्रक्रियाबाट प्रतिनिधि चुनीय भन्ने विवरण भने भोलिमात्र आउने छ भने झापा र मुस्ताङले १९ गते अधिवेशन गराउन अनुमति लिएको छ । त्यस्तै बाँकी जिल्लामा आगामी २३ गतेभित्र अधिवेशन गर्ने छन् ।

विवादित २१ जिल्लाको के हुन्छ भन्ने विषयमा भने निर्वाचन समिति नै अन्योलमा छ ।