देश

तीजमा पशुपति खुला


काठमाडौँ – कोरोना भाइरस महामारीका कारण बन्द रहेको पशुपतिनाथ मन्दिरमा नियमित दर्शन एवं पूजा खुला गर्ने तयारी गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले पशुपति क्षेत्र विकास कोषलाई आवश्यक स्वास्थ्य मापदण्ड पूरा गरेर मन्दिरमा पूजा खुला गर्न सकिने जनाएको हो । प्रशासनले एक विज्ञप्ति जारी गरी स्वास्थ्य मापदण्ड अपनाएर मन्दिरमा पूजाआजा गर्न सकिने जनाएसँगै कोषले नियमित पूजा सञ्चालन गर्नेबारे तयारी थालेको छ ।