अर्थनीति

हेटौंडास्थित युनिलिभरको कम्पनी सिलबन्दी,म्याद गुज्रिएको खाद्यान्न फेला


काठमाडौँ – जिल्ला प्रशासन कार्यालय मकवानपुर, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, हेटौँडा तथा विभिन्न उपभोक्तावादी सङ्घसंस्थाको संयुक्त अनुगमन टोलीले हेटौँडास्थित बहुर्राष्ट्रिय कम्पनी युनिलिभरको चिया प्रशोधन केन्द्रमा सिल गरेको छ । बिहीबार गरेको अनुगमनमा सो कम्पनीमा म्याद गुज्रिएको चिया फेला पारेपछि स्थानीय प्रशासनले युनिलिभरको चिया प्लान्ट सिल गरेको हो ।

विशेष सूचनाका आधारमा भएको अनुगमनमा विवरण स्पष्ट नभएका तथा म्याद गुज्रिएका चियापत्ती फेला पारेर हामीले नमूना सङ्कलन गरी कम्पनीको केन्द्रमा सिलबन्दी गर्नुका साथै, थप कारबाहीको प्रक्रिया सुरु गरिएको गुण नियन्त्रण कार्यालय हेटौँडाका प्रमुख सोमकान्त रिजाल बताएका छन् । कम्पनीबाट म्याद गुज्रेका तथा विवरण स्पष्ट नभएका करिब ३० किलोग्रामका ९२० बोरा चिया फेला परेको थियो ।