राजनीति

चार एआईजीको सरुवा हुँदा, पाल भने मेट्रोमा नै यथावत्


काठमाडौँ – बुधबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय बमोजिम नेपाल प्रहरीका चार एआईजीहरुको सरुवा भएको छ । मन्त्रिपरिषद् ले केपी शर्मा ओली नेतृत्त्वको सरकारले गरेको एआईजीहरूको सरुवा बदर गर्दै नयाँ सरुवा गर्ने निर्णय गरेको हो ।

चारै एआईजीहरुको सरुवाको पत्र प्रहरी प्रधान कार्यालयमा प्राप्त भईसकेको प्रहरी प्रवक्ता एसएसपी वसन्त बहादुर कुवँरले जानकारी दिए । अपराध अनुसन्धान विभागमा एआईजी प्रद्युम्न कार्कीको सरुवा भएको छ भने निरजबहादुर शाहीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा सरुवा भएको छ । त्यस्तै हाल महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो)मा कार्यरत एआईजी हरिबहादुर पाललाई यथावत् नै राखिएको छ ।

यसबाहेक नयाँ सरुवा अनुसार एआईजी विश्वराज पोखरेलको मानव स्रोत तथा प्रशासन विभागमा तथा सह कुलबहादुर थापाको कार्य विभागमा सरुवा गरिएको छ । पाल, शाही र कार्की हालका आईजीपी शैलेश थापा क्षेत्रीकै ब्याची हुन भने पोखरेल र थापा जुनियर ब्याचका एआईजी हुन् ।