राजनीति

कांग्रेसको १४ औं महाधिवेशन प्रक्रिया सुरु, सदस्यता सार्वजनिक नहुँदा २१ जिल्लामा भएन अधिवेशन


काठमाडौँ – सत्तारूढ नेपाली कांग्रेसले १४औँ महाधिवेशनको औपचारिक सुरुवात भएको छ । साढे पाँच वर्षपछि हुन लागेको महाधिवेशन गाउँ, नगर वडा अधिवेशन आजबाट सुरु भएको हो ।

वडा अधिवेशनबाट सुरु भएर सात चरणमा हुने महाधिवेशनको प्रक्रिया केन्द्रीय पदाधिकारीको निर्वाचनसँगै सम्पन्न हुनेछ । केन्द्रीय महाधिवेशन मंसिरको ९ देखि १३ गतेसम्म काठमाडौंमा हुनेछ । क्रियाशील सदस्यताको विवरण टुंगो लागेका ५६ जिल्लामा समयमै गाउँ र नगर अधिवेशन सुरु गर्न केन्द्रीय निर्वाचन समितिले निर्वाचन प्रतिनिधि परिचालन गरेको छ । कतिपय गाउँ र नगर वडामा सर्वसम्मत प्रतिनिधिहरूको चयनका लागि सहमति बनिसकेको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो ।

क्रियाशील सदस्यता टुंगो लागेको ५६ जिल्लाका अधिकांश वडामा अधिवेशन सुरु भएको शर्माको भनाइ छ । अझै २१ जिल्लाका क्रियाशीलको विवरण सार्वजनिक भएको छैन । विवादका कारण ती जिल्लाको क्रियाशील सदस्यको नामावली सार्वजनिक पनि भएको छैन ।