राजनीति

लुम्बिनी प्रदेशको मन्त्रिपरिषदमा जिम्मेवारी हेरफेर

विवादित मन्त्री शाहीलाई उद्योग मन्त्रालयको जिम्मेवारी


काठमाडौँ – लुम्बिनी प्रदेशको मन्त्रिपरिषदमा जिम्मेवारी हेरफेर भएको छ । मुख्यमन्त्री कुल प्रसाद केसीको सिफारिसमा मन्त्रिपरिषद् हेरफेर र कार्य विभाजन भएको हो । प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा ९ अनुसार यसअघि विना विभागीय मन्त्री बनेका अजय बहादुर शाहीलाई मन्त्री उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको जिम्मेवारी तोक्नुभएको छ ।

यस्तै सरकार प्रवक्ता समेत रहेको आर्थिक मामिला मन्त्री कृष्ण ध्वज खड्कालाई सहकारी मन्त्रालयको समेत थप जिम्मेवारी दिइएको छ । यस्तै शहरी विकास मन्त्री डिल्ली बहादुर चौधरीलाई पर्यटन, ग्रामीण मन्त्रालयको जिम्मेवारी समेत थपिएको छ । मुख्यमन्त्री केसीले ९ वटा मन्त्रालयको जिम्मेवारी आफैले सम्हालेका छन् ।