समाचार

नारायणगढ-मुग्लिन सडकखण्ड पुनः अवरुद्ध


काठमाडौँ – नारायणगढ–मुग्लिन सडक खण्ड पुनः अबरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ पाँचकिलोमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

बिहान करिब पौने ८ बजे पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । चितवन प्रहरीका अनुसार पहिरो गएको क्षेत्रमा अहिले पनि पानी परिरहेको छ । जसको कारण पहिरो झर्ने क्रम नरोकिँदा पहिरो पन्छाउने काम प्रभावकारी भएको छैन । पहिराले सडक दुईतर्फी अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

पहिरो खसेसँगै नारायणगढ–मुग्लिन सडकखण्ड भएर चल्ने सवारी साधन रोकिएका छन् । अहिले सडकको दुबै तर्फ सवारी साधनको लामो लाइन लागेको छ । अत्यवश्यक कामले हिँडेका यात्रुले सास्ती पाएका छन् । आधा घण्टा अघिबाट सडक विभागको दुईवटा जोडर प्रयोग गरेर पहिरो पन्छाउन थालिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।