राजनीति

विवेकशील साझा विवाद : समानान्तर गतिविधि नरोके कारबाही गर्ने मिश्र पक्षको निर्णय


काठमाडौँ – विवकेशील साझा पार्टीमा समानान्तर गतिविधि नरोके कारबाही गर्ने अध्यक्ष रवीन्द्र मिश्र पक्षको केन्द्रीय कमिटी बैठकले निर्णय गरेको छ ।

बिहीबार बसेको केन्द्रीय समिति बैठकले संयोजक मिलन पाण्डे पक्षका नेताहरुलाई सचेत गराउँदै समानान्तर गतिविधि गरेर पार्टी हित विपरीतका गतिविधि तत्काल रोक्न निर्देशन दिने निर्णय गरेको पार्टीका प्रवक्ता शरदराज पाठकले बताए ।
मिश्र पक्षको बैठकमा १०१ जना केन्द्रीय सदस्य सहभागी थिए ।