राजनीति

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा नरोत्तम बैद्यको रिट


काठमाडौँ – नेपाली कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै कांग्रेसका एक नेता रिट लिएर सर्वोच्च अदालत पुगेका छन् ।

कोरोना महामारीका बेला महाधिवेशन गर्नु जनस्वास्थ्यका दृष्टिले प्रतिकुल हुने भन्दै बागमती प्रदेश सभाका सांसदसमेत रहेका नरोत्तम बैद्य रिट लिएर सर्वोच्च पुगेका हुन् । उक्त रिट सर्वोच्चमा दर्ता भने भइसकेको छैन ।

कांग्रेस महाधिवेशनको प्रक्रिया शुक्रबारदेखि सुरु हुँदैछ । १४ औं महाधिवेशन अन्तर्गत भदौ १८ बाट वडा अधिवेशन सुरु हुँदैछ । प्रदेश सांसदले बैद्यले कोरोनाको जोखिम कायमै रहेकाले महाधिवेशन रोक्न आफूले रिट दायर गरेको अनलाइनखबरसँग बताए ।