राजनीति

पौडेल समूहको प्रतिवद्धता : महाधिवेशनमा साझा उम्मेदवार खोज्छौं


काठमाडौँ – नेपाल काँग्रेसको रामचन्द्र पौडेल समूहले पार्टीको आसन्न महाधिवेशनमा साझा उम्मेदवार खोज्ने प्रतिबद्धता जनाएको छ । राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै सो समूहले एक जना उम्मेदवार उठाउने घोषणा गरेको हो ।

एकताको सन्देश दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै पौडेलले भने, ‘काँग्रेस सुधार चाहने हाम्रो विचार समूहले १४ औँ महाधिवेशनमा एक जना उम्मेदवार उठाउने छ । यो समूहले महाधिवेशनसम्म एक जना उम्मेदवार तय गर्छ ।’

आजको पत्रकार सम्मेलनमा यसअघि कृष्णप्रसाद सिटौला पक्षबाट महामन्त्रीका उम्मेदवार बनेका गगन थापा पनि पुगेका थिए । उनले हालै मात्र सो पदमा पुनः उम्मेदवारी घोषणा गरिसकेका छन् ।