राजनीति

विवेकशील साझाका संयोजक पाण्डेको प्रस्ताव अध्यक्ष मिश्रद्वारा अस्वीकार


काठमाडौँ – विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई बैठक रोक्न गरेको प्रस्ताव अस्वीकार गरेको छ । अध्यक्ष मिश्रले संयोजक पाण्डे लगायतका युवा संगठनका पदाधिकारीहरुले गरेको प्रस्तावलाई अस्वीकार गरेका हुन् ।

साझा पार्टीको आज छुट्टाछुट्टै बैठक बस्दै छ । अध्यक्ष रवीन्द्र मिश्रले दिउँसको १२ बजेका लागि बैठक बोलाएको छ भने, संयोजक रहेका मिलन पाण्डेले ११ बजेका लागि बैठक बोलाएको छ । यी दुवै बैठक भर्चुअल माध्यमबाट हुने पार्टीका प्रवक्ता शरदराज पाठकले जनाएको छ । अध्यक्ष मिश्रले गत साउन ११ गते सङ्घीयताको खारेजी र धर्म निरपेक्षतामा जनमत सङ्ग्रहसहितको राजनीतिक प्रस्ताव सार्वजनिक गरेपछि विवेकशील साझामा वैचारिक मतभेद देखिएको छ ।