अर्थनीति

सुनको मूल्यमा गिरावट आउँदा, चाँदीमा भने वृद्धि


काठमाडौँ – नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य घटेको छ । आज सुनमा प्रतितोला २ सयले घटेको हो ।

बुधबार ९१ हजारमा कारोबार भएको छापावाला सुन आज ९० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । सुनचाँदी महासंघका अनुसार आज तेजावी सुनको मूल्य ९० हजार ३ सय रहेको छ ।

महासंघका अनुसार चाँदीको मूल्यमा भने वृद्धि भएको छ । बुधबार ११ सय ९५ रहेको चाँदीको मूल्य आज बिहीबार १२ सय ५ रुपैयाँ मूल्य कायम भइ कारोबार भइरहेको छ ।