राजनीति

आत्माको पुकार सुनेर निर्णय गर्नुस् : वरिष्ठ नेता पौडेल


काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वडा अधिवेशनको पूर्वसन्ध्यामा भिडियो सन्देश जारी गरेका छन् । उनले भिडियोसन्देशमा कार्यकर्तालाईसही निर्णय लिन पनि आह्वान गरेका छन् ।

पौडेलले आज बिहान फेशबुकमा भिडियो सार्वजनिक गर्दै ‘कसैको दबाब र प्रभावमा नपरी आत्माको पुकार सुनेर निर्णय लिन’ आह्वान गरेका हुन् । पौडेलले करिब तीन मिनेटको भिडियोमा ढिलै भए पनि महाधिवेशन भएको भन्दै महाधिवेशनले संविधान र लोकतन्त्र रक्षाका लागि लोकतन्त्रप्रति निष्ठा भएको सबल नेतृत्व आवश्यक भएको बताएका छन् ।