अर्थनीति

साताकोे तेस्रो दिन नेप्सेमा झिनो अंकको बृद्धि



काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा साताकोे तेस्रो दिन आज बुधबार झिनो अंकको बृद्धि भएको छ । आज नेप्से १.१८ अंकले बढेर दुई हजार ९ सय ७७ दशमलब २ विन्दुमा पुगेको छ ।

त्यस्तै, आज कारोबार रकममा भने गिरावट आएको छ । आज ९ अर्ब ३५ करोड १७ लाख बराबरको कारोबार भएको छ । मंगलबार १३ अर्ब २५ करोड ९६ लाख बराबरको कारोबार भएको थियो । नेप्सेका अनुसार आज कारोबार भएका एक कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीहरुमा रु रु जलविद्युत परियोजना रहेको छ ।

यस कम्पनीको शेयरमूल्य आज ७.५५ प्रतिशतले बढेको छ । त्यस्तै, आज सनराइज फस्ट म्युचुअल फण्डका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपार डेभलपमेन्ट कम्पनीको भएको छ ।