राजनीति

झलनाथ खनाललाई भेट्न डल्लु पुगे प्रचण्ड


काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष कमरेड पुष्पकमल दाहाल प्रचण्डले नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनाललाई भेट्न निवास पुगेका छन् ।

प्रचण्ड आज बिहान डल्लुस्थित खनालको निवासमा पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

भारतमा मिर्गौला प्रत्यारोपण गरेर सोमबार स्वदेश फर्किएका खनाल अहिले घरमै आराम गरिरहेका छन् ।