समाचार

आज राष्ट्रिय पुस्तकालय दिवस मनाइँदै


काठमडौँ – आज राष्ट्रिय पुस्तकालय दिवस मनाइँदैछ । पुस्तकालयका क्षेत्रमा भएका गतिविधि एवं पुस्तकालयको आवश्यकताबारे जानकारी गराउने उद्देश्यका साथ नेपालमा २०६५ भदौ १५ गतेदेखि औपचारिक रुपमा दिवस मनाउन थालिएको हो ।

जनतालाई शिक्षित र राष्ट्रलाई समृद्ध बनाउने उद्देश्यले नेपालमा पुस्तकालय दिवस मनाउन थालिएको हो । पुस्तकालय दिवस ज्ञानको ज्योति छर्ने दिनको रुपमा लिइन्छ । यसलाई केवल नारामा सीमित नगरी पाठक, विद्यार्थी, शिक्षक, लेखकलगायत आम नागरिकहरूले आदरपूर्वक सम्झने दिनका रूपमा स्थापित गराउन सरोकारवालाले जोड दिँदै आएका छन् ।

नेपालमा औपचारिक रूपमा १८६९ भदौ १५ गते पुस्तकालय सेवा प्रारम्भ भएको दिनलाई ऐतिहासिक उपलब्धिको रूपमा स्मरण गर्दै पुस्तकालय दिवस मनाइन्छ । नेपालमा संस्थागत रूपमा पुस्तकालयस्थापना भएको २०० वर्षभन्दा लामो इतिहास पूरा भएको छ ।