राजनीति

वाइसिएलले छान्न सकेन नेतृत्व


काठमडौँ – माओवादी केन्द्रको युवा संगठन वाइसिएल नेपाललाई पार्टी नेतृत्वले अनिर्णयको बन्दी बनाएको नेताहरुले गुनासो गरेका छन् ।

कार्यकर्ताहरुलाई आफ्नो नेतृत्व आफैं चुन्न पनि नदिने र नेताहरुले पनि नचुनिदिने गर्नाले आफूहरु अन्योलमा परेको वाइसिएल नेताहरुको गुनासो छ । माओवादी केन्द्रका नेताबाट पनि संगठनात्मक क्षेत्रमा पार्टीको तदर्थवादी प्रवृति देखिएको भन्दै टिप्पणी सुरु भएको छ ।

वाइसिएलको नयाँ अध्यक्षमा सुमन देवकोटा र सुबोध सेर्पालीको दाबी छ । सहमतिमा अध्यक्ष चयन गर्ने भनिए पनि सहमति जुट्न नसकेपछि नेताहरु माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन् ।

हालका अध्यक्ष रामप्रसाद सापकोटा ९दीपशिखा०ले देवकोटालाई प्रस्ताव गरे पनि सेर्पाली सहमत भएका छैनन् । सहमति नजुटेपछि वाइसिएलले आफ्नो नेतृत्वको चयन गर्ने जिम्मा पार्टी अध्यक्ष प्रचण्डलाई दिएको छ ।