राजनीति

कुन दलले कति मन्त्रालय ?

सत्ता गठबन्धनले आज भागबन्डा मिलाउने, भोलि मन्त्रिपरिषद् विस्तार


काठमाडौँ – पाँच दलीय गठबन्धन सरकार बुधबार विस्तार हुने भएको छ । नयाँ सरकार गठन भएको ५० पूरा भइसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । मन्त्रिमण्डल विस्तार र पद बाँडफाँटको टुंगो लगाउन पाँच दलीय सत्ता गठबन्धनको बैठक मंगलबार पनि बस्ने भएको छ ।

मंगलबारको बैठकले पाँच दलबीच बाँकी मन्त्रालयको भागवण्डा गरेर सहमति जुटाउने तयारी गरेको प्रधानमन्त्री शेरबहादुर देउवानिकट स्रोतले जनाएको छ । मंगलबार सबै मन्त्रालयमा भागवण्डा मिलाएर बुधबार मन्त्रिमण्डल विस्तार गर्ने गरी मंगलबार शीर्ष नेताहरुबीच छलफल तयारी भएको हो ।

सरकार विस्तारबारे सहमति जुटाउन आइतवार पनि सत्ताधारी दलका शीर्ष नेता दुई पटक बसेका थिए । तर सत्ता साझेदार सबैले आफ्नो अडान नछाडेपछि कुरो मिलिसकेको छैन ।