राजनीति

दुई मुख्यमन्त्रीको पद धरापमा, पदका लागि एमाले छोड्लान ? (भिडियोसहित)


काठमाडौँ – नेकपा एमाले विभाजन भएसँगै दोस्रो तहका नेताहरुले माधव नेपाललाई साथ दिएनन् । ओली खेमामै उभिएर विभिन्न पदमा नियुक्ति भएका नेताहरुलाई उक्त पद जोगाउन भने माधव नेतृत्वकै नेकपा एकीकृत समाजवादीकै भर पर्नुपर्ने अवस्था छ । उनीहरुले अब भने कि पद त कि त एमाले छान्नु पर्ने भएको छ

नेकपा एमाले विभाजन भएसँगै बाँकी रहेका दुई प्रदेशका मुख्यमन्त्री पनि अल्पमतमा परेका छन् । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य र बागमति प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई यतिबेला आफू नेतृत्वको सरकार जोगाउन सकस परेको छ । बहुमत गुमाउँदै गईरहेको नेकपा एमालेलाई सत्तागठबन्धनले प्रदेश १ र बागमति प्रदेशबाट विस्थापन गर्न खोजिरहेको छ ।

त्यसोत कुनै समय माधवकुमार नेपालका विश्वासिला पात्र अष्टलक्ष्मी शाक्य र भीम आचार्यले नेपालको साथ छाडेसँगै मुख्यमन्त्री बन्ने अवसर प्राप्त भयो । तर माधव नेपालको नयाँ दल नेकपा एकीकृत समाजवादीले मान्यता पाएसँगै ओलीलाई साथ दिएका दुवै नवनियुक्त मुख्यमन्त्रीलाई हटाउने मनस्थितिमा नेपाल छन् । नेपालले नयाँ दल खोलेसँगै उक्त प्रदेशमा पनि एमाले अल्पमतमा परिसकेको छ भने मुख्यमन्त्रीद्धय शाक्य र आचार्यको पद धरापमा परेको छ ।

विभाजन हुनुअघि एमालेको एकल बहुमत रहेको प्रदेश १ र बागमतीमा अहिले भने दुवै मुख्यमन्त्रीलाई हटाउने शक्ति माधव नेपालसँग छ । यद्दपी भर्खरै मुख्यमन्त्री बनेका उनीहरु यतिबेला धर्मसंकटमा देखिन्छन् । कि त एमाले कि त पद छोड्नु पर्ने दबावमा छन् । यद्दपी पद बचाउँनैका लागि उनीहरु माधव नेपालमा फर्किने सम्भावना भने देखिदै्न । ओली खेमामै रहे अब भने उनीहरुलाई साथ नमिल्ने माधव नेपाल बताउँछन् ।

बागमति प्रदेशको अंकगणित हेदा कुल १०९ जना सांसद मध्ये एमालेका ५६ जना सांसद थिए । तीमध्ये तत्कालीन माधव नेपाल समूहमा २२ जना र केपी ओली समूहमा ३४ जना छन् । माधव नेपाल समूहका २२ जनामध्ये मुख्यमन्त्री शाक्य केपी ओली समूहमा लागेकी छन् भने माधव नेपाल पक्षमा अब २१ जना सांसद छन् ।

यद्यपि उनीहरुमध्ये धेरैजसो माधवकुमार नेतृत्वको दलमा जाने कि एमालेमै रहने भन्नेबारे खुलिसकेका छैनन् । यस्तै प्रदेश १ मा ९२ संसद् मध्ये एमालेका ५० जना सांसदमध्ये १० जना समाजवादीमा संगठित भएपछि एमाले ४० सांसदमा सीमित बनेको छ । मुख्यमन्त्री आचार्यलाई प्रदेशसभामा बहुमतसिद्ध गर्न ४६ सांसद आवश्यक छ । तर, उनीसँग ४० सांसद मात्रै भएपछि अल्पमतमा परेका छन् ।

त्यसोत एमाले विभाजन नुहँदा अध्यक्ष ओलीको खरो आलोचना गर्दै आएकी अष्टलक्ष्मी शाक्य र अर्का नेता भीम आचार्य मुख्यमन्त्री पाएपछि अहिले ओलीको हाइहाइ गर्न थालेका छन् । तर विश्वासको मत पाउने सम्भावना टरेसँगै उनीहरुको यो चुरीफुरी एक महिना पनि नटिक्ने निश्चित देखिन्छ ।