अर्थनीति

म्यानचेस्टर युनाइटेड फर्किए रोनाल्डो, स्टक मार्केटमा किर्तिमाननै किर्तिमान

रोनाल्डोको जर्सीको व्यापारमा नयाँ रेकर्ड कायम


काठमाडौँ – कुनै एक खेलाडीको ट्रान्सफरले क्लवकै मर्केट भ्यालुमा उच्च प्रभाव पार्छ भन्दा तपाईहरुलाई अचम्म लाग्न सक्छ । तर पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो युभेन्ट्सबाट म्यानचेस्टर युनाइटेड जाने भएसँगै उक्त क्लबको मार्केट भ्यालुमा किर्तीमानै किर्तीमान कायम भएको छ ।

गत शुक्रबार एकाएक विश्वभर एउटा समाचार बाहिरीयो । जसले लामो समय सम्म स्थीर रहेको विश्वको चर्चीत फुटवल क्लव म्यानचेस्टर युनाइटेडको शेयर भ्यालु ह्वात्तै बढ्न पुग्यो । पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो युभेन्ट्सबाट इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड जाने भएसँगै उक्त क्लबको मार्केट भ्यालुमा किर्तीमान नै कायम भयो ।

युरोपको स्टक माकर्टेमा कुनै पनि फुटबल खेलाडीको स्थान्तरणपछि छोटो समयमा यति धेरै सेयरको मूल्य बढेको यो अहिले सम्मकै कीर्तिमान हो । शुक्रबार राति मात्र इटालियन सिरी ए क्लब युभेन्ट्सबाट युनाइटेडले आफ्ना पूर्वखेलाडीलाई अनुबन्ध गरेको खबर सार्वजनिक भएसँगै युनाइटेडको मार्केट भ्यालुले अपत्यारिलो छलाङ मारेको हो ।

रोनाल्डो अनुबन्धनको घोषणा गरेको मात्रै एक घन्टाभित्र इंग्ल्यान्डको स्टक मार्केटमा म्यानचेस्टर युनाइटेडको सेयर मूल्य २ सय १२ मिलियन पाउन्ड पुगेको थियो । मात्रै एक घन्टामा युनाइटेडको मार्केट भ्यालु २ सय १२ मिलियन पाउन्डले बढ्नु भनेको नेपाली रुपैयाँमा झन्डै ३४ अर्ब ५७ करोडभन्दा बढीले वृद्धि हुनु हो । जतिबेला रोनाल्डो म्यानचेस्टर युनाइटेड फर्किने कुनै चर्चा नै सुरु भएको थिएन तर जब रोनाल्डो म्यानचेस्टर युनाइटेड फर्किने पक्का भएको खबर बाहिरियो त्यसपछि स्टक मार्केटमा क्लबको सेयर मूल्य सुरूआती एक घन्टामै नयाँ रेकर्ड बनायो ।

सामाजिक सञ्जालमार्फत रोनाल्डो आउने घोषणा गर्नुअघि युनाइटेडको सेयर मूल्य प्रतिकित्ता १७.३८ डलर थियो । युनाइटेडले ट्वीटरमार्फत ‘वेलकम होम’ भन्दै रोनाल्डो आउने सूचना दिएपछि यसको सेयर मूल्य प्रतिकित्ता १९.०९ डलर पुग्यो । र, यो अझै बढ्ने क्रम जारी छ । यसअघि रियल मड्रिड छाडेर इटालियन क्लब युभेन्टस जाँदा पनि क्बलको सेयर मूल्य यस्तै बढेको थियो । यस्तै, युरो २०२० को पत्रकार सम्मेलनमा कोकको बोतल हटाएपछि कम्पनीले ४ बिलियन डलर गुमाएको थियो ।

रोनाल्डोले बोतल हटाउनुअघि ५६.१ डलर रहेको कोकको सेयर मूल्य घटेर ५५.२ डलरमा झरेको थियो । स्पेनिस चर्चित पत्रिका ‘मार्का’ ले त लियोनल मेसी बार्सिलोनाबाट फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा अनुबन्ध हुँदाको पहिलो घन्टामा पीएसजीको सेयर मार्केटमा मूल्य जति बढेको थियो, त्यसको अनुपातमा रोनाल्डो म्यानचेस्टर युनाइटेडमा अनुबन्ध हुँदा ६९.२४ प्रतिशतले इंग्लिस क्लबको सेयरको मूल्य बढेको लेखेको छ । रोनाल्डोको जर्सीको व्यापार त अझै शुरू नै भएको छैन ।

रोनाल्डो इंग्ल्यान्ड फर्किएसँगै उनी सार्वजनिक हुने कार्यक्रम तय भएपछि म्यानचेस्टर युनाइटेडले रोनाल्डोको जर्सीसमेत सार्वजनिक गर्नेछ । रोनाल्डोको जर्सीको व्यापारमा म्यानचेस्टर युनाइटेडले फुटबल इतिहासमै रेकर्ड बनाउने इंग्लिस सञ्चार माध्यमहरूले दाबी गरेका छन् । रोनाल्डो म्यान्चेस्टर सिटीमा जाने हल्ला चले पनि उनी १९ दशमलव ४ मिलियन पाउन्डमा म्यानचेस्टर युनाइटेडमा पुनः आबद्ध भएका छन् ।