राजनीति

पार्टी विभाजन गर्नेहरुको प्रतिकार गर्न र सशक्त विरोधमा उत्रिन कार्यकर्तालाई ओलीको निर्देशन


काठमाडौँ – प्रमुख प्रतिपक्ष नेकपा नेकपा (एमाले) ले अन्तरपार्टी निर्देशन जारी गर्दै विभाजनकारी गतिविधिमा लाग्नेको सशक्त विरोध गर्न कार्यकर्तालाई निर्देशन दिएको छ । अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको उक्त निर्देशनमा विभाजनको पक्षमा नलाग्न पार्टीका नेता, कार्यकर्ता र जनप्रतिनिधिहरूलाई भनिएको छ ।

पार्टीभित्रका केही स्वार्थी र विभाजनकारी व्यक्तिहरूका क्रियाकलाप तथा पार्टी बाहिरका विभिन्न शक्ति र तत्त्वहरूको षडयन्त्रका कारण पार्टीले असहज स्थितिको सामना गर्नुपरेको छु, ओलीले अन्तरपार्टी निर्देशनमा भनेका छन् ।

गत साता सकिएको स्थायी कमिटी र केन्द्रीय कमिटीका निर्णयबारे जानकारी दिन उक्त अपानि जारी गरिएको हो । उक्त निर्देशनमा ओलीले असहज परिस्थितिको मिलेर सामना गर्न पनि नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।