देश

विवादित एमसीसीबारे विज्ञापन बज्न सुरु, देशमा फाइदा हुने भन्दै चिन्ता गर्न आह्वान


काठमाडौँ – संसद्मा विचाराधीन रहेको विषय मिलिनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) वर्तमान अवस्थामा नेपालमा बहुचर्चित परियोजनामा पर्छ । केही यसलाई नेपालकै विकासका लागि ल्याउन लागेको भन्ने विश्लेषण गर्छन् भने कोही भने यसले अमेरिकी स्वार्थ पूरा गर्न ल्याउन लागेको भन्ने विश्लेषण गर्छन् ।

एमसीसी हालकै अवस्थामा पारित गर्ने कि नगर्नेमा अन्योल भईरहेको समयमा विभिन्न सञ्चार माध्यमबाट भने यसले देशको फाइदा गर्ने भन्दै विज्ञापन बज्न सुरु गरेको छ । अनुदानमा दिएको एउटा विवादित परियोजनाका लागि विज्ञापन बजाउनु कतिको उचित हुन्छ होला ? नेपालमा विदेशी सहयोग वा अनुदान अन्य पनि थुप्रै आउने गर्छ तर, त्यसको कुनै विज्ञापन बजाइएको पाईदैन वा विवाव भईरहेकै समयमा विज्ञापन बजेको सुनिएको छैन । अनुदानमा दिएको सहयोग पनि यसरी देशको हित र विकाशका लागि भन्दै प्रचार गर्नु त्यति सान्दर्भिक भने विल्कुलै होइन ।

विज्ञापनमा एमसीसीले दिएको अनुदानको रकमबाट बिजुली उत्पादन गर्ने र त्यो बिजुली देशमा नै खपत गर्न सकिने र विदेशमा पनि निर्यात गर्न सकिने भनिएको छ । जसबाट नेपालको आर्थिक समृद्धिको जग पनि बलियो बनाउने भनिएको । साथै,एमसीसी आयोजना पनि देशको भविष्य रहेको बताइएको छ । तर, प्रशारण लाईनको काम प्राधिकरणले गर्ने हो । प्राधिकरणले ४०० के.भि. का प्रशारण लाईनहरू तयारी थाल्दै छ । देश भित्र सम्पूर्ण जनतालाई विद्युत्को पहुचमा पुर्याउन चाहिने प्रशारण लाईनको गुरू योजना प्राधिकरणसँग छ ।