देश

अवरुद्ध नागढुङ्गा सडक खण्ड एकतर्फी रुपमा खुल्यो


काठमाडौँ – पहिरोका कारण बन्द भएको नागढुङ्गा सडक खण्ड एकतर्फी रुपमा खुलेको छ । अविरल वर्षाका कारण पहिरो जाँदा त्रिभुवन राजपथ अन्तर्गत धादिङ जिल्लामा पर्ने उक्त सडक खण्डमा अहिले एकतर्फी बाटो खुलाइएको हो ।

आज बिहान साढे ५ बजे नागढुंगा नजिकै चिसोपानी धारो भन्ने स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको थियो । प्रहरीका अनुसार एकतर्फी बाटो खुलाइए पनि गाडी चापमा चलिरहेका छ । अहिले सडक दुईतर्फी नै खुलाउने प्रयास भइरहेको प्रहरीको भनाइ छ।

पहिरोका कारण सडक अवरुद्ध हुँदा गन्तव्यमा पुग्नु पर्ने यात्रुहरुले सास्ती पाएका छन् । उक्त सडक खण्ड भएर राजधानी छिर्ने र बाहिरिने सबै सवारी साधनहरु रोकिएका छन् भने यात्रुहरु अलपत्र परेका छन् ।
हिजो पनि यही ठाउँमा पहिरो गएको थियो । तर पहिरो हटाएर हिजो दिउँसो १ बजेदेखि सडक खुलाइएको थियो ।