राजनीति

महाकवि देवकोटाको घरको भग्नावशेष नहटाउन सर्वोच्चको अन्तरिम आदेश


काठमाडौँ — संग्रालय बनाउने भन्दै नेपाल प्रज्ञा प्रतिष्ठानले भत्काउन सुरू गरेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको घरको भग्नावशेष नहटाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

अधिवक्ता सञ्जय अधिकारीले दिएको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश अनिल कुमार सिन्हा र वमकुमार श्रेष्ठको इजलासले पुरानै सामान प्रयोग गरेर पुननिर्माण गर्न आदेश दिएको हो । उनको रिट जारी भएको सर्वोच्च अदालतको वेवसाइटमा जनाइएको छ।