राजनीति

एकीकृत समाजवादी पार्टी स्थापित हुने नेपालको दावी


काठमाडौँ – नेकपा एकीकृत समाजवादी अध्यक्ष मावधकुमार नेपालले एमाले छोडी आफ्नो पार्टीमा लागेका नेताहरुलाई हौसला प्रदान गरेका छन् । नेपाले आफ्नो पार्टी स्थापित हुने दावी र बलियो रुपमा अगाडी बढ्न विश्वास दिलाएको हुन् ।

एकीकृन समाजवादी गठन गरेपछि बसेको पहिलो संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूहरुको पार्टी स्थापित हुने र यसमा विश्वस्त रहने सबैलाई आग्रह गरे ।
पार्टी फुटेर गठन भएका दलहरु सफल नभएको इतिहास रहेको भन्ने हल्ला अहिले चलिरहेको छ । नयाँ पार्टीहरू नचलेको भन्दै समाजवादीप्रति टिप्पणी भइरहेको भन्दै नेपालले पुष्पलाल श्रेष्ठदेखि तल्सीलालसम्मको क्रान्तिकारी र विद्रोही चेत बोकेर गठन भएको समाजवादी स्थापित हुने दावी गरेका हुन् ।