देश

वाग्मतीमा हामफालेर महिलाले गरिन् आत्महत्या


काठमाडौँ – एक महिलाले वाग्मती नदीमा हामफालेर ‘आत्महत्या’ गरेकी छन् । उनको शव पाटन क्षेत्रमा फेला परेको छ ।

आत्महत्या गर्ने महिलाको पहिचान भने खुलेको छैन । उनी सडकमा मागेर आफ्नो जीवन चलाउँदै आएकी थिइन् । उनको पहिचान खुलेको छैन ।

कोटेश्वरको नरेफाँट क्षेत्रबाट महिलाले वाग्मतीमा हामफालेको महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी मिङ लामाले जानकारी दिए ।