देश

नागढुंगा नौबिसे सडकखण्ड अवरुद्ध, यात्रुहरु बीच बाटोमा नै अलपत्र


काठमाडौँ – अविरल वर्षाका कारण पहिरो जाँदा त्रिभुवन राजपथ अन्तर्गत धादिङ जिल्लामा पर्ने नागढुंगा नौबिसे सडक खण्ड अवरुद्ध भएको छ । आज बिहान ९ बजे नागढुंगा नजिकै चिसोपानी धारो भन्ने स्थानको आसपासमा पहिरो गएका सडक अवरुद्ध भएको हो ।

अहिलेको स्थितिमा पनि वर्षा जारी नै रहेकाले पहिरो पन्छाउन कठिनाई भईरहेको थानकोट प्रहरीले जनाएको छ । पहिरोका कारण सडक अवरुद्ध हुँदा गन्तव्यमा पुग्नु पर्ने यात्रुहरुले सास्ती पाएका छन् । उक्त सडक खण्ड भएर राजधानी छिर्ने र बाहिरिने सबै सवारी साधनहरु रोकिएका छन् भने यात्रुहरु अलपत्र परेका छन् ।