राजनीति

एकीकृत समाजवादी संसदीय दलको पहिलो बैठक आज, पदाधिकारी र सत्ता सहकार्यबारे छलफल हुन


काठमाडौँ – पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीको संसदीय दलको पहिलो बैठक आज बस्दै छ । संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा दलको नेता, प्रमुख सचेतक र सचेतक चयनका साथै सत्ता सहकार्यका विषयमा छलफल हुने छ ।
सांसद विरोध खतिवडाका अनुसार नेपाल संसदीय दलको नेता चयन हुनुहुने भएको छ । प्रमुख सचेतक र सचेतकको विषयमा छलफल जारी रहेको छ । मन्त्रीको विषयमा भने सत्तारुढ गठबन्धनमा मन्त्रालय भागबन्डा टुंगिएपछि निर्णय गर्ने एकीकृत समाजवादीको योजना रहेको छ ।