विदेश

काबुल विमानस्थलमा फेरि आतंककारी आक्रमणको सम्भावना रहेको अमेरिकाको भनाई


काठमाडौँ – अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानको काबुल विमानस्थलमा अर्को घातक आक्रमणको सम्भावना उच्च रहेको चेतावनीे दिएका छन् । आफ्ना सैन्य कमाण्डहरुले फेरि आक्रमणको सम्भावना रहेको बताएको बाइडेनले उल्लेख गरेका छन् ।

तालिबानको कब्जामा गएको अफगानिस्तानबाट अमेरिकाले अझै पनि आफ्ना नागरिक, कर्मचारी तथा सहयोगीहरुको उद्धार गरिरहेको छ । तर, बेलायती सैनिकको अन्तिम समूह, कूटनीतिज्ञ तथा अधिकारीहरुले भने काबुल छोडेका छन् । गत बिहीबार काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणमा १३ अमेरिकी सैनिकसहित कम्तीमा १७० जनाको मृत्यु भएको थियो । आक्रमणको जिम्मा इस्लामिक स्टेट–के (आइएस–के) ले लिएको छ । जवाफमा अमेरिकाले शुक्रबार अबेर अफगानिस्तानको पूर्वी क्षेत्रमा ड्रोन आक्रमण गरेको थियो ।